अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिक फिर्ता ल्याउन कोलम्बिया सहमत

 माघ १४, २०८१ सोमबार १३:२:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको छ । यसअघि अमेरिकाबाट अवैध आप्रवासीलाई चढाएर पठाइएका दुई वटा सैन्य विमानलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिएको थिएन ।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरूमा २५ प्रतिशत र पछि ५० प्रतिशत कर बढाउने तथा यात्रामा समेत प्रतिबन्ध लगाउने भनेपछि अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको हो ।

ट्रम्पको चेतावनीपछि आप्रवासीहरूलाई ल्याउन अमेरिकी देश होन्डुरसमा विमान पठाउन कोलम्बिया तयार भएको बीबीसीले जनाएको छ ।

ट्रम्पको चेतावनीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताबो पेट्रोले सामाजिक सञ्जालमा अमेरिकाले प्रवासीहरूलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाउनुभएको थियो ।

उहाँले अमेरिकी पस्तुमा २५ प्रतिशत कर बढाउने घोषणा पनि गर्नुभएको थियो । तर पछि कोलम्बिया आफ्नो निर्णयबाट पछि हटेको हो ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया