पश्चिमी वायुको प्रभावले धेरै ठाउँको मौसम बदली, तापक्रम घट्यो

 फागुन २२, २०८१ बिहीबार ८:२९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी वायुको आंशिक प्रभावका कारण आज हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँको मौसम आंशिक बदली भएको छ ।

मधेश प्रदेश र अरु प्रदशेका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा आज बादल लागेको छ ।

यस्तै आज राति कर्णाली, गण्डकी र कोशी प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच केही दिनदेखि देशका धेरै ठाउँमा बढीरहेको अधिकतम तापक्रम मौसम बदलीका कारण आज तुलनात्मक रुपमा घटेको छ । हिजो ३४ डिग्रीसम्म पुगेको भैरहवाको तापक्रम आज अधिकतम २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको छ ।

यस्तै जनकपुर, धरान, धनगढी, नेपालगञ्जलगायतका क्षेत्रमा पनि तापक्रम घटेको छ । हिजो २६ डिग्रीसम्म पुगेको काठमाण्डौ उपत्यकाको तापक्रम पनि आज घटेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया