आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको महसूल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरूलाई सम्मान गरेको छ ।
सडक बत्तीको नियमित रूपमा महसूल र लामो समयदेखिको बक्यौता तिर्ने लुम्बिनी प्रादेशिक कार्यालय बुटवल मातहतका वितरण केन्द्रका क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकालाई सम्मान गरेको प्राधिकरणले जनाएको छ ।
बुटवलमा विशेष कार्यक्रमका बीच प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँच वटा गाउँपालिका र आठ वटा नगरपालिकालाई प्रशंसापत्र प्रदान गर्नुभएको हो । सम्मानित हुनेहरूमा ओमसतिया, सियारी, प्रतावपुर, सरावल र सुस्ता गाउँपालिका छन् । त्यस्तै सिद्धार्थनगर, रामग्राम, बर्दघाट, तिलोत्तमा, कपिलवस्तु, सन्धिखर्क, भूमिकास्थान र रेसुङ्गा नगरपालिका पनि सम्मानित भएका छन् ।
यी सबै पालिकाले लामो समयको सबै बक्यौता भुक्तानी गरी अहिले नियमित महसूल तिरिरहेका छन् ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तराईका खेतमा बिजुली पुर्याएर सिँचाइमार्फत उब्जनी बढाउने उद्देश्यका साथ पालिकाहरूसँग समन्वय गरी सस्तो दरमा बिजुली उपलब्ध गराउने व्यवस्था गरेको पनि बताउनुभयो ।
सडक बत्तीको बक्यौता महसूल भुक्तानी गर्ने पालिका
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।