अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
काठमाण्डौ – होलीको चहलपहल बढेसँगै काठमाण्डौमा प्रहरीले बिहानैदेखि जाँचमा कडाइ गरेको छ ।
ट्राफिक प्रहरी र स्थानीय प्रहरीले उपत्यकाको १ सय २१ ठाउँमा जाँच गरिरहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चलाउनेहरूले जाँड–रक्सी र लागूपदार्थ खाए/नखाएको जाँच भइरहेकाे छ । ताेकिएकाे सीमाभन्दा धेरै गतिमा गाडी चलाएमा र क्षमताभन्दा धेरै यात्रु बसेमा पनि कानूनी कारबाही हुने उहाँले बताउनुभयो ।
त्यस्तै होली खेल्न नचाहनेहरूलाई जबरजस्ती रङ्ग नदल्न र लोला नहान्न प्रहरीले आग्रह गरेकाे छ । यदि कसैले जबरजस्ती गरेमा १०० नम्बरमा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ । आज हिमाली र पहाडी भेगमा फागु अर्थात् होली पर्व मनाइँदैछ । यस्तै तराई क्षेत्रमा भोलि होली मनाइँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।