रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
युक्रेनको ड्रोन आक्रमणबाट तेल प्रशोधन केन्द्रमा आगलागी भएको रुसले दाबी गरेको छ । रुसको दक्षिण–पश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एउटा महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रमा आगलागी भएको रुसको दाबी रहेको बीबीसीले जनाएको छ ।
रुस र युक्रेनबीच युद्धविरामको सम्झौता गर्ने प्रयासका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत रुस पुग्दा रुस र युक्रेनले गएराति पनि एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका हुन् ।
यसैबीच युक्रेनी अधिकारीहरूले खार्किभमा राति रुसी आक्रमणमा परी सात जना घाइते भएका बताएका बीबीसीको खबरमा उल्लेख छ । रुसी रक्षा मन्त्रालयले रातभर २८ युक्रेनी ड्रोन नष्ट गरेको जनाएको छ । यस्तै युक्रेनी वायुसेनाले रुसले रातभर २७ ड्रोन प्रहार गरेकोमा १६ वटालाई नष्ट गरेको बताएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि सकारात्मक भएको तर आफ्ना केही शर्तहरू रहेको बताउनुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने सम्झौतालाई बाध्य पार्न रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।