सगरमाथाको आधारशिविर पुग्यो ‘आइसफल डाक्टर’को टोली : डोरी टाँ...
चैत २, २०८१ शनिबार
काठमाण्डौ – मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा आज पनि होली मनाइँदैछ । मधेशका धेरै ठाउँमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा शुरू भएको दिन होली पर्व मनाउने परम्पराअनुसार हिजो मनाइएको छ ।
मिथिलामा भने माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन छ । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन हिजो जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ । माध्यमिकी परिक्रमाको एक सय ३३ किलोमिटर वृत्तभित्र परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाइने चलन छ ।
यस्तै महोत्तरीका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहितका सात ठाउँमा पनि आज होली मनाइँदैछ । मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन् ।
त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा शुरू हुने तिथिको दिन पारेर मधेशका धेरैजसोले होली पर्व मनाउने गर्छन् । यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज होली खेलिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।