राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
काठमाण्डौ – प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले हिजो ललितपुरको पुल्चोकमा साङ्गीतिक प्रस्तुति दिनुभएको छ । पुल्चोकमा रहेको द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा उहाँले झन्डै तीन घण्टा आफ्नो प्रस्तुति दिनुभयो ।
कार्यक्रम साधना कला केन्द्रले आयोजना गरेको हो । केन्द्रका अध्यक्ष मिलन मोक्तानका अनुसार गायक अली ११ सदस्यीय ब्याण्डसहित प्रस्तुतिका लागि बिहीवार नेपाल आउनुभएको हो । हिजोको कार्यक्रममा गायक अलीका छोरा अमिर र नाति नाजिरले पनि प्रस्तुति दिनुभएको छ ।
सङ्गीतकार दीपक जङ्गमले गजलकार अलीको कार्यक्रमले नेपाली गजलकारलाई थप ऊर्जा प्रदान गरेको बताउनुभयो । गजलकार अलीका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’,लगायत नेपाली गीत र गजल प्रसिद्ध छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।