प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

 चैत ५, २०८१ मंगलबार ६:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त हुनुभएको छ ।

हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को प्रमुख हुनुहुन्थ्यो ।

यसअघिका महानिरीक्षक वसन्त कुँवरले हिजो अवकाश पाएपछि थापालाई नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा गएका कुँवरलाई हिजो नै गृह मन्त्रालयले बिदाइ गरेको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका गर्नुभएको थियो । उहाँ २०६३ भदौ ८ गते डीएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ मा एसएसपी, २०७९ असार १७ मा डीआईजी र २०७९ चैत ६ मा एआईजी बन्नुभएको थियो ।

नयाँ आईजीपीका थापासँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ पनि प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल आउँदो भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ । 

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया