एपीएफलाई हराउँदै आर्मीकाे लगातार पाँचाैं जीत

 चैत ४, २०८१ सोमबार १८:२७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई ३ विकेटले हराएकाे छ ।

एपीएफले दिएको १ सय ४२ रनको लक्ष्य आर्मीले ४३ बलअघि ७ विकेट गुमाएर भेटायो । आर्मीका कुशल मल्ल र सोमपाल कामीले नटआउट ३१ र २२ रन बनाए । एपीएफका कमल ऐरी, अमर रौटेला र कप्तान रोहित पौडेलले २/२ विकेट लिए ।

यसअघि रुपन्देहीकै एक्स्ट्राटेक ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४२ ओभर ३ बलमा १ सय ४१ रन बनाउँदा सबै विकेट गुमायो । एपीएफका सन्दीप जोराले सबैभन्दा धेरै ६५ रन बनाए । आर्मीका आकाश चन्दले ४, सोमपाल कामीले ३ विकेट लिए ।

प्रतियोगितामा आर्मीको यो लगातार पाँचौं जीत हो भने एपीएफको पाँच खेलमा दोस्रो हार हो ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया