अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, २७ जना घाइते

 चैत १४, २०८१ बिहीबार ६:९:४३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको भुवनपाटामा हिजो बेलुकी भएको बस दुर्घटनामा ४ जनाको ज्यान गएको छ । २७ जना  घाइते भएका छन् ।

शितगंगा नगरपालिका २ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । अरु घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।

सुपा मन्दिर दर्शन गरी नवलपरासीको लागि जाँदै गरेको बस अचानक अनियन्त्रित भई सडकदेखि अन्दाजी २५ मिटर तल खसेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा  रुपन्देहीको बुटवल उपमहाननगरपालिका ८ की ५५ वर्षीया जमुना वस्याल,  नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षकी उमा न्यौपाने, उहाँकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने अन्दाजी ४५ वर्षीय गाडी चालक मदन कुमार बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया