अन्नपूर्ण आधार शिविरमा आरोही पुग्न थाले
चैत १९, २०८१ मंगलबार
मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रका एक सय ९९ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।
गएको आर्थिक वर्षदेखि शुरू भएको अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत अहिलेसम्म एक सय ९९ जना श्रमिकलाई कोषमा आबद्ध गराइएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकका लागि मासिक १० हजार ८ सय २० रुपैयाँ पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् एक हजार एक सय ८० र गाउँपालिकाले एक हजार १४ गरी दुई हजार दुई सय ४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
कोषमा श्रमिकलाई आबद्ध गराउन चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।