सङ्घीय राजधानी र प्रदेश राजधानी जोड्ने सडक जीर्ण
चैत १९, २०८१ मंगलबार
कैलाली – हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । १५ जनाभन्दा धेरै घाइते भएका छन् । भारतीय नम्बरको ट्याक्टर दुर्घटना हुँदा भारत उत्तरप्रदेश लखिमपुर खिरीका ११ वर्षीय आयुस बर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
हिजो भएको दुर्घटनामा घाइते भएका सबै भारतीय नागरिक हुन् । घाइतेमध्ये तीन जनालाई गम्भीर चोट लागेको छ । धनगढी उपमहानगरपालिका बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो ।
बेहडाबाबालाई सीमापारीका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन् । प्रहरी, रेडक्रसकर्मी र स्थानीयबासिन्दाले उद्धारगरी उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।