आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस : फोहोरको उचित व्यवस्थापनमा जोड दिएर मनाईंदै

 चैत १७, २०८१ आइतबार १०:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस, फोहोरको उचित व्यवस्थापनमा जोड दिएर मनाईंदैछ । फोहोर उत्पादन एवम् व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिएर विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।

विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लाष्टिक एवम् प्लाष्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा प्रदायकबाट हरेक वर्ष २ दशमलव १ अर्बदेखि २ दशमलव ३ अर्ब टन ठोस फोहोर उत्पादन भइरहेकाले संसारलाई फोहरमुक्त बनाउने प्रयासस्वरुप सन् २०२२ देखि यो दिवस मनाउन थालिएको हो ।

प्लाष्टिक प्रदूषण एवम् अन्य फोहोरका कारण उत्पन्न हुने सङ्कटलाई सम्बोधन गर्न हरेक मानिसले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएर यस वर्ष दिवसलाई केन्द्रित गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार एक वर्षमा विश्वभरका नगर क्षेत्रमा उत्पादन हुने ठोस फोहरले विश्वलाई २५ पटक ढाक्न पुग्छ । फोहरको यो भयावह उत्पादन घटाउन राष्ट्रसङ्घीय वातावरण कार्यक्रम तथा मानव बसोबास कार्यक्रमले राष्ट्रसङ्घ सदस्य देशलाई सघाउदै आएको छ । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न विश्वलाई फोहोरमुक्त गर्नु अपरिहार्य भएको राष्ट्रसङ्घले जनाएको छ ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया