अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना

 चैत १७, २०८१ आइतबार ११:४३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले आज बिहान काठमाण्डौको माइतीघरमा धर्ना दिएको छ । माइतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरत्साहित गर्न मागसहित नागरिक धर्ना गरेको हो ।

गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक अनियमितता र कालोबजारी रोक, समानता, न्याय र समावेशिता सुनिश्चित गर, लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर, निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, नागरिकको सुरक्षामा कुनै सम्झौता नगरलगायतका प्लेकार्ड र नारासहित उनीहरुले धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा गैरसकारी संस्था महासंघका अध्यक्ष एवम् वृहत नागरिक धर्ना अभियानका संयोजक समेत रहेका अर्जुन भट्टराईले लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको बताउनुभयो । उहाँले लोकतन्त्रलाई बलियो बनाउन आह्वानसहित अहिलेका घटनामा गम्भीर हुन र नागरिकको निराशालाई चिर्न तत्काल आवश्यक कदम चाल्न आग्रह समेत गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया