२०२६ को विश्वकप फुटबल अमेरिका, मेक्सिको र क्यानडामा

 जेठ ३०, २०७५ बुधबार १६:५७:१९ | उज्यालो सहकर्मी

सन् २०२६ को विश्वकप  फुटबलको आयोजना उत्तर अमेरिकी देशहरु अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा गर्ने भएका छन् । 

रूसको मस्कोमा भएको कंग्रेसमा अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त दावेदारीले मोरक्कोलाई पछि पारेको हो । रुसमा सम्पन्न ६८ औं फिफा कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजनाको अधिकार प्रदान गरेको हो । अब सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने छन् ।
 

२१० फिफा सदस्य राष्ट्रमध्ये २०३ मुलुक मतदानमा सहभागी थिए । तीन मत बदर भएपछि २०० मतमध्ये अमेरिका, क्यानडा र मेक्सिकोले १३४ मत पाए । मोरक्कोले ६५ मत पाएको छ। एक मत तटस्थ थियो ।
 
यही जुनमा भएको तीनै देशका पूर्वाधार निरीक्षणमा फिफाले सबैलाई उपयुक्त ठहर गरेको थियो । पाँच जनाको फिफाको निरीक्षण टोलीले २२० पेज लामो रिपोर्टमा पूर्वाधार र अन्य सुविधाका बारेमा विस्तृत रुपमा उल्लेख गरेको छ । 

यसअघि अमेरीकाले १९९४ को विश्वकप आयोजना गरेको थियो भने मेक्सिकोले १९७० र १९८६ को विश्वकप सफल रुपमा गरेको थियो । मोरक्को भने पाँच पटक दावेदारी दिए पनि विश्वकप आयोजना गर्ने अवसर पाउनबाट चुकेको छ । 

मोरक्कोले १२ शहरका १४ स्टेडियममा विश्वकप आयोजना गर्ने दावेदारिता दिएको थियो । उत्तरी अमेरीकी देशहरुले भने विश्वकपका पूर्वाधार निर्माणका लागि १६ बिलियन अमेरीकी डलर खर्च गर्ने जनाएको थियो  ।

जसमा उनीहरुले २३ मध्ये मुख्य १६ वटा स्टेडियममा विश्वकप खेलाउने बताएको छ । सन् २०२६ को विश्वकपमा कुल ४८ देशको सहभागिता रहनेछ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजना भने कतारले गर्नेछ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया