काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, प्रदूषण घटाउन सहयोग पुग्ने

 चैत २६, २०८१ मंगलबार ६:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीन/चार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् ।

बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकी मौसमविद् शान्ति कँडेलले काठमाण्डौ उपत्यकामा आज दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेकाले वायु प्रदूषण पनि कम हुन सक्ने बताउनुभयो ।

छिटपुटदेखि हल्का वर्षासँगै हावाहुरी पनि चल्ने सम्भावना देखिएकाले हिजोअस्तिको तुलनामा प्रदूषण कम हुने उहाँको भनाइ छ ।

यतिखेर भने काठमाण्डौमा हिजोअस्ति जत्तिकै प्रदूषण छ र विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।

विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाण्डौको एक्यूआई २४६ छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको मौसम बदली हुनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेशसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै ठाउँ तथा देशका बाँकी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

अन्तिम अपडेट: चैत २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया