मध्यरातमा शौचालय जान खोज्दा भर्‍याङबाट लडेर मृत्यु

 मंसिर २४, २०७५ सोमबार ८:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान – भर्‍याङबाट लडेर सल्यानमा एक युवकको ज्यान गएको छ । जाजरकोट भेरिगंगा नगरपालिका वडा नम्बर ११ घर भई अहिले सल्यान त्रिवेणी गाउँपालिका –३ लुहाम बजारमा बस्दै आएका २७ वर्षीय शक्ति बहादुर विकको आइतबार भ¥याङबाट लडेर ज्यान गएको हो  ।

सल्यानमा श्रमिक काम गर्दै आएका विक शनिबार राति १२ बजेतिर शौचालय जाने क्रममा भर्‍याङबाट लडेर गम्भीर घाइते भएका थिए । विकको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याउँदै गर्दा  दिउँसो २ बजेतिर निधन भएको हो ।

विकको जिल्ला अस्पतालमा सोमबार पोष्टमार्टम गरेपछि परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी उपरीक्षक गिरिराज भण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया