थोमसले जिते बीबीसी वर्ष उत्कृष्ट स्पोर्टस् व्यक्तित्व अवार्ड

 पुष २, २०७५ सोमबार ६:२०:२० | एजेन्सी
unn.prixa.net

टुर दी फ्रान्स विजेता ग्रेइन्ट थोमसले बीबीसी वर्षको उत्कृष्ट स्पोर्टस् व्यक्तिगत २०१८ अवार्ड जितेका छन् ।

विश्व चर्चित साइकल र्याली टुर दी फ्रान्सको उपाधि जित्ने तेस्रो बेलायती चालक बनेका थोमसले फर्मुला वन चालक लुइस ह्यामिल्टन र हेरी केनलाई पछि पारे । दोस्रो स्थानमा ह्यामिल्टन आए भने तेस्रो स्थानमा हेरी केन रहे ।

३२ वर्षीय थोमस भन्दा अगाडि क्रिस फ्रोम र सर ब्राड्ली विगिन्सले टुर दी फ्रान्सको उपाधि जितेका थिए । थोमसलाई सन् २०१७ का बीबीसी स्पोर्टस अवार्ड विजेता मो हराहले पुरस्कार हस्तान्तरण गरेका थिए । अघिल्लो महिनामात्र थोमस बीबीसी वेल्स बर्षको उत्कृष्ट खेलाडी बनेका थिए ।

यस्तै बीबीसी सो वल्र्ड स्पोर्टस स्टार मोलीनारी बने भने इंग्ल्याण्डको नेटबल टिमले दुई वटा अवार्ड हात पार्यो । जसमा एउटा वर्षको उत्कृष्ट टिमको अवार्ड जित्यो । बर्षको उत्कृष्ट प्रशिक्षक फुटबलका ग्यारेथ साउथगेट बने । उनको प्रशिक्षणमा इंग्ल्याण्ड रसिया विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया