विराट कोहली संसारकै खराब र घमण्डी खेलाडी हुन् : नसिरुद्दिन शाह

 पुष ३, २०७५ मंगलबार ९:४१:४४ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता नसिरुद्दिन शाहले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको सामाजिक संजालमा कडा आलोचना गरेका छन् । केही समयअघि क्रिकेटर कोहलीले क्रिकेटका एक फ्यानलाई भारत छोडेर जान भनेका थिए । विराटको यस किसिमका कुराले उनको निकै आलोचना पनि भएको थयो । अहिले अभिनेता नसिरुद्दिन शाह पनि विराटको यस बयानका कारण खुलेरै आलोचना गरेका छन् । 

नसिरुद्दिनले उनको फेसबुक अकाउन्टमा एक स्टाटस पोष्ट गरेका छन् । उनले लेखेका छन् ‘विराट कोहली संसारकै उत्कृष्ट बल्लेबाज हुनुका साथै एक खराब व्यवहार भएका खेलाडी हुन् । उनको क्रिकेट खेल्ने क्षमता उनको अहंकार र खराब व्यवहारका अगाडि फिक्का भइदिन्छ । र मलाई भारत छोडेर जाने कुनै चाहना छैन ।’

केही दिन अघि क्रिकेटर विराट कोहलीकोएक भिडियो सामाजिक संजालमा भाइल भएको थियो । जसमा विराट एक फ्यानलाई भारत छोडेर जाने सल्लाह दिइरहेका छन् । विराट कोहलीलाई एक जनाले आफूलाई विराट कोहली र भारतीय क्रिकेटरहरुभन्दा इङ्गल्याण्ड र अष्ट्रेलियन खेलाडीहरु राम्रो लाग्ने बताएपछि विराट भड्किएका थिए । 

विराट कोहलीको यस किसिमको बयान पछि उनले धेरै आलोचना भएको थियो । केही समय अघिको यस घटनाको मुद्दालाई अभिनेता नसिरुद्दिन शाहले एक पटक फेरि उठाएका छन् । नसिरुद्दिन शाहको यस स्टाटसमा केहीले समर्थन जनाएका छन् । तर धेरैजसो व्यक्तिहरु नसिरुद्दिन माथि नै खनिएका छन् । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया