म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्हो बर्खास्त

 पुष ३, २०७५ मंगलबार १६:२:६ | एजेन्सी
unn.prixa.net

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्होलाई खर्बास्त गरेको छ ।

जारी लिगमा निकै खराब प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई क्लबले साढे दुई वर्षपछि बर्खास्त गरेको छ । 

क्लबले विज्ञप्ति निकाल्दै मोउरिन्हो क्लबको प्रशिक्षकमा नरहेको जनाएको हो । क्लबको अन्तरिम प्रशिक्षकको टुंगो चाँडै लगाउने क्लबले जनाएको छ । 

म्यानचेस्टर युनाइटेडका लागि प्रिमियर लिगको इतिहासमा पछिल्लो २८ वर्षमा सबैभन्दा खराव नतिजा दिलाएका मोउरिन्होलाई बर्खास्त गरेको खबर क्लबले ६५ शब्दमा व्यक्त गरेको छ ।

५५ वर्षका प्रशिक्षक मोउरिन्हो युरोपियन क्लबका सफल प्रशिक्षक मानिने भए पनि पछिल्लो पटक उनको सफलता क्रमबद्ध रुपमा खस्कँदै गएको थियो । सन्काहा प्रवृतिका मानिएका मोउरिन्होले म्यानचेस्टर युनाइटेडमा आएर लिग कप, युरोपा लिगको उपाधि दिलाएका थिए । तर प्रिमियर लिगमा निकै खराब प्रदर्शन गरेको उसले आइतबार लिभरपुलविरुद्ध तीन–एकको हार ब्यहोरेको थियो ।

हारका कारण लिगमा टिम १९ अंकका साथ छैटौ स्थानमा रहेको छ । क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका कारण मोउरिन्होले २२ दशमलव ५ मिलियन पाउण्ड रकम पाउने भएका छन् ।

क्लबले ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्धका लागि टिमसँग राम्रोसँग सल्लाह नगरेको पनि आरोप लगाएको छ । युनाइटेडको प्रशिक्षकका लागि रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान र माउरिसीयो पोचिटिनोको नाम चर्चामा रहेको छ । च्याम्यिन्स लिगमा युनाइटेडले पेरीस सेन्ट जर्मेनसँग खेल्नेछ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया