सुस्त मनस्थिति भएकी युवती बलात्कार गर्ने युवक पक्राउ

 पुस ३, २०७५ मंगलबार १९:५७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, बस्ने २६ वर्षका लाले भनिने सुरेश भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको मंसिर २८ गते परिवारका अन्य सदस्य छिमेकीको बिहेमा निम्तो मान्न गएको र घरमा कोही नभएको मौकामा युवकले युवतीलाई फकाएर घर नजिकै लगेर बलात्कार गरेको पीडित परिवारका आफन्तको उजुरी अनुसार ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित युवती सानैदेखि देख्न, सुन्न र हिँड्न सक्ने भए पनि बोल्न नसक्ने रहेको परिवारले जनाएको छ । एकान्तमा लगेर ती युवकले मुख थुनेर बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् । पक्राउ परेका युवकमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया