पोको बोकेरै अस्पतालमा ओबामा...

 पुष ५, २०७५ बिहीबार १४:३०:२५ | एजेन्सी
unn.prixa.net

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा गएको महिना सिकागोमा रहेको ग्रेटर सिकागो फूड डिपोजिटरी(खाद्य वितरण केन्द्र) मा एकाएक पुगे । त्यहाँ काम गर्ने सबैजना ओबामालाई देखेर छक्क परे । ओबामाले झण्डै २५ मिनेट त्यहाँ बिताए । त्यसपछि फर्किने बेलामा हस्ताक्षर गरेर निस्किए । 

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो प्रोटोकललाई खासै वास्ता गर्दैनन् । त्यसैले त कहिले मोर्निङ वाकमै बाटोमा भेटिन्छन् त कहिले रेस्टुरेन्ट वा अन्य कुनै सार्वजनिक ठाउँमा । कहिले छोरीहरुसँग पुस्तक पसल पुगेर लाइनमै बसेर पुस्तक किन्दै गरेको अवस्थामा पनि भेटिन्छन् ओबामा । पूर्वराष्ट्रपतिकै रुपमा पनि उनी अमेरिकीबीच निकै लोकप्रिय रहेका छन् । 

बुधबार पूर्वराष्ट्रपति ओबामा वाशिंगटनमा रहेको बाल अस्पताल(चिल्ड्रेन नेसनल मेडिकल सेन्टर) मा पोको बोकेर पुगे । सान्टा ह्याट लगाएर उपहार बोकेर अस्पतालमा ओबामा पुगेपछि त्यहाँ उपचाररत बालबालिकाका मुहार हँसिला भए । 

ओबामाले आफूले अस्पतालमा केही मायालु बालबालिका र उनीहरुको परिवारसँग कुरा गर्ने अवसर पाएको भन्दै ट्विटरमा भिडियो सार्वजनिक गरेका छन् । 

 

अमेरिकाका ४४ औँ राष्ट्रपति रहेका बाराक ओबामा अहिले पनि वाशिंगटनमै बस्छन् । गएको वर्ष पनि उनी सान्टाको पहिरनमा एउटा विद्यालय पुगेका थिए ।

नाेभेम्बरमा एउटा खाद्य स्टाेरमा ओबामापूर्वराष्ट्रपति भएर पनि ओबामाको सामान्य जीवनयापन नेपालमा विलासी जीवन बिताउने नेताहरुका लागि पनि सवक हुनेछ । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया