भारतीय महिला क्रिकेट टिमको प्रशिक्षकमा रमन

 पुष ५, २०७५ बिहीबार १९:४५:५ | एजेन्सी
unn.prixa.net

भारतीय महिला क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ । गएको विश्वकपमा इंग्ल्याण्डसँग सेमिफाइनलमा पराजित भएपछि तत्कालीन प्रशिक्षक रमेश पवार र मिताली राजका बीचमा चर्किएको द्वन्द्वका कारण उनको करार थप गरिएको थिएन् ।

भारतीय क्रिकेट बोर्डले महिला टिम प्रशिक्षक छनौट गर्नका लागि कपिलदेवको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले आज आवेदन दिएका प्रशिक्षकहरुको अन्तर्वार्ता लिएको थियो । अन्तर्वाता पछि भारतीय टिमका ओपनर ब्याट्सम्यान वोरकेरी (डब्लू भी) रमनलाई प्रशिक्षक चयन गरेको हो ।

दक्षिण अफ्रिकी पूर्व क्रिकेटर गेरी कर्स्टनको पनि अन्तर्वार्ता लिइएको थियो । उनले सन् २०११ मा भारतीय पुरुष क्रिकेट टिमलाई विश्वकप जिताएका थिए । उनलाई भारतीय महिला क्रिकेट टिमको जिम्मा दिने चर्चा चलेका बेला कपिलदेव संयोजक तथा अंशुमन गायकवाड र शान्ता रंगास्वामीको समितिले डब्लू बी रमनलाई प्रशिक्षक बनाएको हो ।

रमनलाई प्रशिक्षक बनाउने निर्णयमा पनि विवाद देखिएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सीओएका सदस्य डायना इडुल्जी र कोषाध्यष अनिरुद्ध चौधरीले विरोध गरेका छन् । 

बीसीसीआईका एक अधिकारीका अनुसार चयन समिति गेरी कर्स्टनका विषयमा पोजेटिभ भए पनि कस्टर्नले आईपीएल अगाडि रोयल च्यालेञ्जर्सको प्रशिक्षक पद नछाड्ने जवाफ दिएका थिए । अहिले प्रशिक्षक भएका रमन बेंग्लोरमा रहेको नेशनल क्रिकेट एकेडेमीका व्याटिङ प्रशिक्षक हुन् । उनले तमिलनाडु र बंगालको अन्डर नाइन्टीन टिमलाई प्रशिक्षण दिइसकेका छन् ।

भारतका तर्फबाट उनले ११ टेस्ट र २७ एकदिवसीय म्याच खेलेका छन । उनको नाममा टेस्ट क्रिकेटमा ४ अर्धशतक र एकदिवसीय क्रिकेटमा एउटा शतक र तीन अर्धशतक छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया