अपरिचित व्यक्तिको कुटाइबाट  ६० वर्षीय वृद्धको मृत्यु

 पुस ९, २०७५ सोमबार १०:१०:४७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एकजनाको ज्यान गएकाे छ भने एकजना घाइते भएका छन् । 

सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहराकाे अपरिचित व्यक्तिकाे कुटाईबाट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । 

गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए । 

कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल बैतडी र बझाङको सीमा नजिक पर्दछ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया