माइली साइरस र लियाम हेम्सवर्थकाे गुपचुप विवाहकाे तस्बिर इन्स्टाग्राममा सार्वजनिक भएपछि...

 पुस १०, २०७५ मंगलबार १९:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी गायिका तथा अभिनेत्री माइली साइरस र अभिनेता लियाम हेम्सवर्थले गुपचुप रुपमा विवाह गरेका छन् ।

फ्र्यान्कलिनको टेनेजीमा रहेको घरमा परिवारजन र नजिकका साथीहरु बोलाएर उनीहरुले गएको  आइतबार अर्थात डिसेम्बर २३ मा यो जोडीले विवाह गरेका हुन् । माइली साइरसका एकजना साथीले उनको इन्स्टाग्राम स्टोरीमा माइली र लियामको विवाहका तस्बिरहर सेयर गरेपछि मात्रै विवाहको खबर सार्वजनिक भएको हो ।

तस्बिरमा माइली र लियाम दुलहा दुलहीको लुगामा सजिएर विवाहको केक काटिरहेका देखिन्छन् भने उनीहरुको पृष्ठभूमिलाई बेलुनहरु ले ‘मिस्टर एण्ड मिसेज’ लेखेर सजाइएको छ । 

माइली र लियामको भेट सन् २०१० मा फिल्म ‘द लास्ट संग’ को सेटमा भएको थियो । यस फिल्ममा माइली र लियामले एकअर्काको जोडीको भूिमका निर्वाह गरेका छन् । 

माइली र लियामले भेट भएको २ वर्षमा सन् २०१२ मा इन्गेजमेन्ट गरेका थिए । तर त्यो सम्बन्ध २०१३ मा तोडेका माइली र लियामले सन् २०१६ मा फेरि एकअर्कालाई डेट गर्न सुरु गरेका थिए ।

अहिले उनीहरुले अचानक गोप्य रुपमा विवाह गरेको खबरले माइली र लियामका फ्यानहरु आश्चर्यमा परेका छन् । यसअघि चर्चित पप गायक जस्टिन बिबरले समेत गोप्य रुपमा विवाह गरेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया