मुबाडाला टेनिसको फाइनलमा जोकोभिच र एन्डरसन

 पुष १४, २०७५ शनिबार ६:३०:४९ | एजेन्सी
unn.prixa.net

सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच यूएईमा जारी मुबाडाला टेनिस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । उनले उपाधिका लागि दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसनसँग खेल्नेछन् ।

आबुधाबीमा भएको खेलमा विश्व नम्बर एक खेलाडी जोकोभिचले रसियाका कारेन काचानोभलाई हराउँदै उपाधि नजिक पुगे । जोकोभिचले काचानोभलाई पहिलो सेटमा ६–४ पराजित गरे भने दोस्रो सेटमा ६–२ को जित निकाले । 

तीन पटकका विजेता जोकोभिचले फाइनलमा साविक विजेता दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसनसँग प्रतिस्पर्धा गर्नेछन् । केभिनले स्पेनिस खेलाडी रफायल नाडाललाई हराएर फाइनल प्रवेश गरेका हुन् । 

उपाधि रक्षा गर्ने अभियानमा रहेका एन्डरसनले नाडाललाई दुई–एकको प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।

विश्व वरीयतामा छैटौँ स्थानमा रहेका एन्डरसनले नाडालको एक सेटको अग्रतालाई उल्ट्याएका हुन । उनले पहिलो सेट ४–६ ले गुमाए पनि त्यसपछि लगातार दुई सेट आफ्नो नाममा लेखाए । जसमा दोस्रो सेट ६–३ ले जिते भने तेस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारे । फाइनल खेल शनिबार राति हुनेछ । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया