खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङका कारण प्रतिबन्धमा परेका अष्ट्रेलियन क्रिकेटर क्यामरन बेनक्राफ्ट फेरि क्रिकेटमा फर्किएका छन् । उनले बिग ब्याश लिगमा पर्थ स्कोर्चर्सबाट आफ्नो नयाँ इनिङ सुरु गर्ने भएका छन् ।
स्टिभ स्मिथ र डेभिड वार्नरसँगै प्रतिबन्धमा परेको बेनक्राफ्टले नौ महिनाको प्रतिबन्ध आज पूरा गर्दैछन् । जसका कारण उनले आफ्नो नयाँ क्रिकेट करियर भोलिबाट सुरु गर्दैछन् ।
बिग ब्याश लिगमा होर्ड हुरिकेन्सविरुद्धको खेलमा बेनक्राफ्ट पर्थको टिममा परेका छन् । गएको मार्च महिनामा दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ गरेका कारण उनको क्रिकेट करियरमा ब्रेक लागेको थियो । जसलाई उनी बिग ब्याश लिगमार्फत पुनः सुरु गर्दैछन् ।
२६ वर्षे बेनक्राफ्टले आफू फेरि क्रिकेटमा ब्याक भएकोमा निकै उत्साहित भएको बताए । साथै उनले आफू सकारात्मक सोचका साथ आएको र पहिले के भयो त्यो बिर्सेर नयाँ सुरुवात गर्ने पनि उल्लेख गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Gyanendra Bhatta
Dec. 29, 2018, 11:27 a.m.फिर को सट्टा फेरि भएमा राम्रो । अन्तिम अनुच्छेदमा ।