काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
चितवन – सौराहामा जारी १५ औँ हात्ती महोत्सवमा शनिबार सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीले जितेको छ ।
प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले उपाधि हात पारेको हो । प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फष्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेण्ड रनरअप १९ वर्षकी अलिशाकली भएको छ ।
हात्तीको सरसफाइ, शृङ्गार, हिँडाइ, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी उत्कृष्ट घोषित गरिएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिनुभयो ।
यस्तै हात्ती फास्टवाकबाट छ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा सहभागिता १२ हात्तीमध्ये बिजुलीकली, बम्बोजकली, अनारकली, समृद्धिकली, लक्कीकली र आशाकली फाइनलमा प्रवेश गरेको रेग्मीले बताउनुभयो ।
हात्ती पोलोअन्तर्गत आजको सम्पन्न खेल जित्दै होटल सेभेन स्टार फाइनलमा प्रवेश गरेको छ । एनआरएनए हङ्कङलाई १/० गोल अन्तरले पराजित गर्दै सेभेर स्टार फाइनलमा पुगेको हो । निर्धारित समयसम्म ३/३ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटमा सेभेनस्टार एक शून्यले विजयी भएको हो । हात्तीका छावाबीचको फुटबल खेलमा सिजी फुड्स विजयी भएको छ । सिजीले कोकाकोलालाई पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।
‘समाज, संरक्षण र समृद्धि’ नारासहित यही पुस ११ गतेदेखि सुरु भएको हात्ती महोत्सव आइतबार सकिँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।