श्रीलंकाविरुद्धको टेस्ट सिरिज न्यूजील्याण्डले जित्याे

 पुस १५, २०७५ आइतबार ८:१२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाविरुद्धको टेस्ट सिरिज न्यूजील्याण्डले जितेको छ ।  २ टेस्टको सिरिज न्यूजील्याण्डले १–० ले जितेको हो ।

पहिलो टेस्ट ड्र भए पनि दोस्रो टेस्टमा श्रीलंका ४२३ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । पहिलो इनिङमा १७८ रनमात्र बनाएको न्यूजील्याण्डले श्रीलंकालाई १०४ रनमा समेटेको थियो ।

दोस्रो इनिङमा ५८५ रन बनाउँदै न्यूजील्याण्डले श्रीलंकालाई ६६० रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा श्रीलंका दोस्रो इनिङमा २३६ रन बनाउँदै अल आउट भयो । श्रीलंकालाई समेट्न नेइल वाग्नरले सर्वाधिक ४ विकेट लिँदा, ट्रेन्ट बोल्टले ३ तथा टिम साउथीले २ विकेट लिएका थिए ।

दोस्रो इनिङमा श्रीलंकाका  कुशल मेन्डिसले ६७ तथा दिनेश चण्डिमलले ५६रन जोड्नु बाहेक अरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

टेस्ट सकिएसँगै अब जनवरी ३ तारिखमा पहिलो एक दिवसीय क्रिकेट सिरिज सुरु हुने छ । एकदिवसीय क्रिकेटको कप्तानी श्रीलंकाका लासिथ मालिंगाले गर्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया