अन्यौलताका बीच कङ्गोमा राष्ट्रपतीय मतदान

 पुस १५, २०७५ आइतबार १५:३४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा अन्यौलता र विवादका बीच आइतबार मतदान सुरु भएको छ । निर्वाचन स्थगित गरेर पछाडि सार्ने कि डिसेम्बर ३० कै दिन चुनाव गर्ने भन्ने बारेमा अन्यौलता भए पनि आजै मदतान सुरु भएको हो ।

ठूलो संख्यामा मतदाताहरु मतदानमा सहभागी भएको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति सोजेफ काबिलाको कार्यकाल सकिएकाले नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनका क्रममा केही हिंसात्मक घटनाहरु भएका थिए ।

यसअघि तय गरेको निर्वाचन पछाडि सारिएकाले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा विपक्षीहरुले आशङ्का गरेका छन् । संयुक्त राष्ट्रसंघले यसअघि तय गरिएको निर्वाचनको वातावरण, स्वच्छता र निष्पक्षतामा प्रश्न उठाएपछि निर्वाचन पछाडि सरेर अहिले भएको हो ।

राष्ट्रपति काबिलाले भने निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेमा आशङ्का नगर्न आह्वान गर्दै निर्वाचनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गर्नु भएको छ ।
राष्ट्रपति काबिला गएको १७ वर्षदेखि लोकतान्त्रिक गणतन्त्र कङ्गोको राष्ट्रपतिको रुपमा रहनु भएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया