बंगलादेश चुनाव : शेख हसिनाको तेस्राे पटक जित, विपक्षी दलकाे मात्रै सात सिट

 पुस १६, २०७५ सोमबार ९:१५:१६ | एजेन्सी
unn.prixa.net

बगंलादेशको सत्तारुढ दल अवामी लिग तेस्रो कार्यकालका लागि बहुमत पाएको छ । प्रधानमन्त्री शेख हसिना वाजेदको दल अवामी लिग तेस्रो कार्यकालका लागि भारी बहुमत पाएको बंगलादेशको निर्वाचन आयोगले जनाएको छ । 

अवामी लिगले ३ सय ५० मध्ये २ सय ८१ स्थानमा जित हात पारेको छ । सात सिट मात्र जितेको विपक्षी दल बीएनपीले चुनावमा धाँधली भएको भन्दै पुन: मतदान गर्न माग गरेको छ । तत्काल स्वतन्त्र सरकार गठन गरेर नयाँ चुनाव हुनुपर्ने विपक्षी दल बीएनपीका नेता कमल हुसेनले बताउनुभएको छ । 

बंगलादेशको निर्वाचन आयोगले देशैभरि नक्कली मतदान गरिएको कुरा उठिरहेको भन्दै त्यसबारे छानविन गर्ने रोयटर्सले जनाएको छ । यस्तै बीबीसीले आफ्ना सम्बाददाताले एउटा मतदान केन्द्रमा मतदान सुरु हुनुभन्दा अघि नै मतपेटिका देखेको उल्लेख गरेको छ । 

बंगलादेशको सत्तारुढ दल अवामी लीगले सन २००८ देखि लगातार चुनाव जित्दै आएको छ । विपक्षी दलले भने धाँधली हुने गरेको आरोप लगाउँदै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया