यी ५ स्टार किडले गर्दैछन् सन् २०१९ मा बलिउड डेब्यू

 पुस १८, २०७५ बुधबार १३:०:४९ | एजेन्सी

सन् २०१८ मा अभिनेत्री जान्हवी कपूर, इशान खट्टर, सारा अली खानजस्ता स्टार किडले बलिउडमा डेब्यू गरे । उनीहरुले केवल स्टार कलाकारको सन्तान हुनुको फाइदा मात्रै उठाएनन् ।

बरु आफ्नो अभिनय कुशलताले दर्शकको मन जित्दै आफ्नो छुट्टै पहिचान समेत बनाउन सफल रहे । वर्ष २०१९ को पनि सुरुवात भइसकेको छ । यस वर्ष पनि बलिउका स्टार कलाकारहरु आफ्नो करियरको सुरुवात गर्ने तयारीमा छन् । आज हामी ती स्टार किड जसले यस वर्ष बलिउड डेब्यू गर्ने तयारी रहेका छन् उनीहरुबारे चर्चा गर्दैछौँ ।

खुशी कपूर

खुशी कपूर बोनी कपूर र अभिनेत्री श्रीदेवीकी कान्छी छोरी हुन् । खुशी कपूर सन् २०१९ मा बलिउड फिल्म उद्योगमा आउने तयारी गरिरहेकी छिन् । खुशीकी  दिदी जान्हवी कपूरले उनको एक तस्बिर शेयर गर्दै नयाँ वर्ष २०१९ को विशेष शुभकामना दिएकी छिन् । यसै कुराबाट प्रष्ट हुन्छ की वर्ष २०१९ खुशी कपूरको लागि विशेष हुनेछ । 

अनन्या पाण्डे

अनन्या पाण्डे चंकी पाण्डेकी छोरी हुन् । अनन्याले फिल्ममा डेब्यू गर्नुअघि नै उनको सुन्तरता सामान्य जीवनका कारण सामाजिक सञ्जालमा निकै नै धेरै फ्यान फलोइङ रहेको छ । साथै उनका हरेक क्रियाकलापहरुबारे मिडियाले पनि निकै चासोका साथ कभरेज गरिरहेको हुन्छ ।  

अनन्या वर्ष २०१९मा निर्देशक तथा निर्माता करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’बाट डेब्यू गरिरहेकी छिन् । यस फिल्ममा उनी टाइगर श्राफको जोडीको रुपमा देखिनेछिन् । 

करण देवल 

सनी देवलका छोरा करण देवल पनि वर्ष २०१९ मा बलिउडमा डेब्यूको तयारीमा छन् । सनी देवलले आफ्नै निर्देशनमा निर्माण गर्न लागेको फिल्म ‘पल पल दिल के पास’ मार्फत छोरा करणको डेब्यू गराइरहेका छन् । 

वर्धन पुरी  

भारतीय सिनेमाका दिग्गज चरित्र अभिनेता अमरीश पुरीका नाती वर्धन पुरी पनि बलिउड फिल्ममा डेब्यूको तयारी गरिरहेका छन् । खबरहरुका अनुसार वर्धनलाई २ वटा फिल्मका लागि अफर पनि आइसकेको बताइएको छ । वर्ष २०१९ मा वर्धन पुरी पनि डेब्यू गर्नेछन् । 

प्रनुतन बहल

अभिनेत्री नूतनकी नातिनी तथा अभिनेता मनीष बहलकी छोरी प्रनुतन बहल पनि वर्ष २०१९ मा बलिउड डेब्यूको तयारी गरि रहेकी छिन् ।

केही समय अघि अभिनेता सलमान खान स्वयमले प्रनुतनलाई डेब्यू गराइरहेको जानकारी दिएका थिए । सलमान खानले साथी मनीष बहलकी छोरी प्रनुतनलाई बलिउडमा डेब्यू गराउन पाउनु आफ्ना लागि निकै खुशीको कुरा भएको बताएका थिए । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया