पत्ता लाग्यो चिसो सानो संसार ‘अल्टिमा टूली’, आकार भने हिउँमान्छेजस्तै

 पुस १९, २०७५ बिहिबार ८:३:९ | एजेन्सी
unn.prixa.net

अल्टिमा टुलीको आकार पत्ता लागेको वैज्ञानिकले दावी गरेका छन् ।

नासाको ‘न्यू होराइजन्स’ले दुई वटा जोडिएका आकृतिले चिसो सानो संसार बनेको तस्बिर खिचेको बिबिसीले जनाएको छ । जुन हिउँमान्छे जस्तै देखिएको छ । अल्टिमा टुली साैर्य प्रणालीको सतहमध्येको एक क्षेत्र हो ।

अल्टिमा टूली र पृथ्वीबीचको दूरी ६ दशमलब ५ अर्ब किलोमिटर रहेको बिबिसीले जनाएको छ । 

केही समयअघि नासाले पठाएको विशेष अन्तरिक्षयान न्यू होराइजन नामको रोबेटिक स्पेसक्राफ्टले अल्टिमा टूलीको नजिकै पुगेर तस्बिर खिचेर पृथ्वीमा पठाएको हो । 

यो अन्तरिक्ष यानले पठाएका तस्बिरबाट साैर्य प्रणालीको भित्री सतहबारे अरु तथ्य पनि पत्ता लाग्ने नासाका वैज्ञानिकहरुको भनाई छ । 

नासाको ठूलो सफलता, सौर्यमण्डलको बाहिरी हिस्सामा रहेको पिण्डको तस्बिर खिच्यो

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया