मोदीले अफगानिस्तानमा पुस्तकालय बनाएँ भनेपछि ट्रम्पले उडाए मजाक

 पुष २०, २०७५ शुक्रबार १२:२८:५ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवाद र चर्चाका पर्याय नै हुन् । आफ्ना विवादिन अभिव्यक्तिका कारण उनी सधैँ चर्चामा रहने गर्छन् । 

पछिल्लो समय उनले एउटा पत्रकार सम्मेलनमा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीप्रति कडा टिप्पणी गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प भारतले अफगानिस्तानलाई सहयोग गरेकोमा रुष्ट बनेका छन् । पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘भारतीय प्रधानमन्त्रीले मलाई निरन्तर यो भनिरहन्छन् कि उनले अफगानिस्तानमा लाइब्रेरी बनाए । तर म भन्छु त्यो लाइब्रेरी प्रयोग गर्छ कसले ?’

पत्रकार सम्मेलनमा ट्रम्पले अगाडि भने, ‘यदि भारतको कुरा गर्ने हो भने उसको उपस्थिति अफगानिस्तानमा छ , प्रधानमन्त्री नरेन्द्र मोदीले मलाई अफगानिस्तानमा लाइब्रेरी बनाएको कुरा सुनाए । उनले पाँच घण्टा यही सुनाए ।’

अफगानिस्तान नीतिमाथि कुरा गर्दै ट्रम्पले भने, ‘मोदीले मलाई भने, उनी धेरै स्मार्ट छन् । यसमा त म के भन्न सक्छु र ? लाइब्रेरीका लागि धन्यवाद । थाहा छैन, अफगानिस्तानमा त्यो लाइब्रेरीको प्रयोग कसले गर्छ ।’

पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण एसियाली नीतिका बारेमा पनि कुरा गरे । उनले अफगानिस्तानमा भारत, पाकिस्तान र रुसको उपस्थितिका बाबजुद पनि आफूहरुले सहयोग जारी राखेको बताए । 

पछिल्लो समय भारतले समेत अफगानिस्तानमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ । अफगानिस्तानमा भारतको उपस्थिति अमेरिकालाई मन परेको छैन ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया