१८ वर्ष पूरा भएका नेपालीलाई सैन्य तालिम दिऔं : डाक्टर भट्टराई

 पुस ३०, २०७५ सोमबार १७:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले शक्ति राष्ट्रहरुको चपेटाबाट देशलाई जोगाउन पनि सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अमेरिका, चीन, भारतलगायतका शक्ति राष्ट्रहरुले नेपाललाई गोटी बनाउन सक्ने उल्लेख गर्दै त्यसबाट सचेत रहन पनि १८ वर्ष उमेर पुगेका हरेक नागरिकलाई सैन्य तालिम दिन उपयुक्त हुने तर्क गर्नुभयो ।

सेना र हतियारका लागि गर्ने लगानी सबै नेपालीलाई सैन्य तालिम दिन खर्च गर्न सके नागरिकले नै राष्ट्रको सुरक्षा गर्ने र मुलुक पनि समृद्ध हुने संयोजक भट्टराईको भनाई छ ।

संयोजक भट्टराईले अन्य देशसँगको आक्रमणबाट बच्नका लागि हतियार खरिद गर्नुभन्दा त्यो लगानी नागरिकलाई गर्न सके देशमा विकास र समृद्धिको अभियानले तीव्रता पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले नेपालले कुनै पनि राष्ट्रसँग आक्रमण गर्नुभन्दा शान्ति क्षेत्र कायम राखेर अघि बढ्ने प्रस्ताव राख्नुपर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: भदौ २३, २०७६

1 Comments

  • SUDISHTA YADAV

    Jan. 14, 2019, 5:11 p.m.

    1oo% agreed, specially to border side people must have trained. Thanks.

  •  0 Reply

तपाईको प्रतिक्रिया