सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - विशेष अदातलले पूर्वमन्त्री विक्रम पाण्डेसँग ४ करोड धरौटी लिएकाे छ ।
सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका पूर्वमन्त्री पाण्डेले ४ करोड रुपैयाँ धरौटी बुझाउनुभएकाे हाे ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा लिने फैसला गरेको अदालतका रजिष्ट्रार भीम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तर पाण्डेले आफू धरौटी बुझाएर रिहा भएको नभई अदालतले मागेअनुसारको धरौटी रकम कम्पनीले बुझाएको बताउनुभयो । 'म पक्राउ पनि परेको छैन र फरार पनि भएको छैन' उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो, 'अदालतले बिगो बराबरको १ दशमलव ९ प्रतिशत धरौटी मागेको थियो, कम्पनीले बुझाएको हो ।'
सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले गएकाे मंसिर २१ गते पाण्डेविरुद्ध दुई वर्ष कैद र २ अर्ब १३ करोड ७६ लाख रुपैयाँ विगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।