काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
म्याग्दी – मङ्गला गाउँपालिका–३ बरञ्जामा हिमपातका कारण बिजुलीका काठेपोल (खम्बा) भाँचिएपछि शुक्रबार रातिदेखि गाउँ नै अन्धकार बनेको छ ।
केही दिनअघिदेखिको चिसो र शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण मङ्गलाका बरञ्जा, झाँक्रीपानी र छेउछाउका बस्तीमा विद्युत् लाइन प्रसारणका लागि गाडिएका ४५ वटा काठे पोल (खम्बा)मध्ये ३२ वटा पोल भाँचिएका र तार चुँडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् प्राधिकरण बेनीका दण्डपानी जैसीका अनुसार यसअघि नै पोल भाँचिने अवस्थामा थिए । विद्युत् प्राधिकरणलाई पटकपटक काठको पोल फेर्न अनुरोध गरिएको भए पनि बेवास्ता गरेको स्थानीय समाजसेवी सोमबहादुर छन्त्यालले बताउनुभयो ।
गएको पाँच दिनअघिदेखिको अत्यधिक चिसोका कारण यहाँका बासिन्दा रुघाखोकी र ज्वरोका सिकार भएका छन् । हिमपातका कारण शुक्रबार रातिदेखि चिसो झनै बढेको छ । त्यसमा पनि झन् विद्युतका पोल भाँचिएपछि अन्धकारमा बस्नुपर्दा यहाँको जनजीवन अत्यन्त प्रभावित भएको स्थानीयले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।