मौसममा सुधार,  पश्चिमी पहाडी भूभागमा आज पनि पानी पर्ने सम्भावना

 माघ १४, २०७५ सोमबार ८:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकाको मौसम अहिले सामान्य बद्ली भएको छ । केही दिनदेखि पश्चिमी वायुको प्रभावले बदली भएको मौसम सोमबार सामान्य भएको हो । सोमबार दिउँसो भने मौसम पूर्ण रुपमा खुलेर घाम लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् राजु प्रधानाङगका अनुसार पश्चिमी पहाडी भेगमा भने सोमबार पनि पूर्ण रुपमा मौसम खुल्ने सम्भावना छैन । यो ठाउँमा पानी पार्ने मौसमी प्रणालीको प्रभाव अझै पूर्ण रुपमा नहटेकाले पूर्ण रुपमा मौसम खुल्ने सम्भावना नभएको उहाँले बताउनुभयो । 

काठमाण्डौको बिहानको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया