सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
बलिउड अभिनेता रणबिर कपूरले बक्स अफिसमा जति पनि ब्लकबस्टर फिल्म दिएका छन् त्यति नै ब्लकबस्टर फिल्महरु लत्याएका पनि छन् ।
रणबिर कपूरले फिल्मको अफर आए पनि अभिनय गर्न अस्विकार गरेका फिल्महरुको सूची ‘डन’ देखि सुरु भएर ‘गली ब्वाय’ सम्मको छ । रणबिर स्वयंले यि फिल्महरु मध्येका केही फिल्म नगरेकोमा पछुतो रहेको कुरा भन्ने गरेका छन् ।
यदि रणबिर कपूरले यि फिल्ममध्ये आधा फिल्म मात्रैमा पनि अभिनय गरेको भए आज उनी बलिउडकै नम्बर १ अभिनता हुने थिए । रणबिरले लत्याएका ब्लकबस्टर फिल्म यस्ता छन् :
फिल्म ‘डन’ का लागि निर्देशक फरहान अख्तरले रणबिर कपूरलाई नै कास्ट गर्न चाहेका थिए । तर रणबिर कपुरले एक्शन फिल्म उनको करियरको लागि राम्रो नहुने सोचेर यो फिल्मका काम गर्ने अफर अस्विकार गरिदिएका थिए । रणबिर कपूरले नमानेपछि अभिनेता शाहरुख खानले यो फिल्म गरेका थिए ।
रणबिर सिंहको डेब्यू फिल्म ‘ब्याण्ड बाजा बारात’ को लागि पनि अभिनेता रणबिर कपूर नै पहिलो रोजाइ थिए । तर रणबिरले यो फिल्म पनि अस्विकार गरिदिएका थिए । पछि एउटा अन्तरवार्तामा रणबिर कपूरले यो फिल्म नगरेकोमा पछुतो रहेको बताएका थिए ।
अभिनेता ऋतिक रोशनको सुपरहिट फिल्म ‘ब्याङ्ग ब्याङ्ग’ को लागि पनि पहिले रणबिर कपूरलाई नै प्रस्ताव राखिएको थियो । तर रणबिरले यस फिल्मलाई पनि एक्शन फिल्ममा काम गर्ने इच्छा नरहेको भन्दै लत्याइदिए ।
फिल्म ‘टु स्टेट्स’ अभिनेता अर्जुन कपूरको करियरलाई माथि उकास्न सफल फिल्म हो । तर अर्जुन कपूरभन्दा अघि यो फिल्म रणबिर कपूरले गर्ने पक्का भएको थियो । तर पछि अचानक रणबिरले ब्यस्तताको कारण देखाउँदै यस फिल्मबाट पनि हात झिकेका थिए ।‘
शाहरुख खान, काजोल, वरुण धवन र कृति सेनन अभिनित फिल्म ‘दिलवाले’ मा पनि वरुण धवनले निर्वाह गरेको भूमिकाका लागि रणबिर कपूरलाई अफर गरिएको थियो । तर रणबिरले यस फिल्ममा काम गर्न मानेनन् ।
जोया अख्तरको सुपरहिट फिल्म ‘दिल धडकने दो’ मा पनि रणवीर सिंहलाई कास्ट गर्नुपूर्व जोया रणबिर कपूरकहाँ गएकी थिइन । तर रणबिर कपूरले जोयाको प्रस्ताव स्वीकार गरेनन् ।
अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘गली ब्वाय’ यही फेब्रुअरी १४ मा रिलिज हुँदैछ । यस फिल्ममा रणवीर सिंहले निर्वाह गरेको भूमिकाबाहेक एक अर्को भूमिकाको लागि रणबिर कपूरलाई अफर गरिएको थियो ।
तर रणबिर कपूर रणबिरले सिंहको मुख्य भूमिका रहेको यस फिल्ममा सेकेण्ड लिडमा काम गर्न चाहेनन् । तसर्थ जोया अख्तरले दोस्रो फिल्मका लागि राखेको प्रस्ताव पनि रणबिरले अस्विकार गरिदिए ।
करण जोहरको मल्टिस्टारर फिल्म ‘तख्त’ का लागि पनि रणबिर कपूरलाई प्रस्ताव गरिएको थियो । तर रणबिर कपूरले मल्टीस्टारर फिल्ममा काम गर्न चाहेनन् । पछि रणबिर कपूरलाई भनिएको भूमिका अब अभिनेता विक्की कौशलले निर्वाह गर्ने भएका छन् ।