विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट

 माघ १६, २०७५ बुधबार १५:०:३६ | नवीन गुरुङ
unn.prixa.net

प्रतिकात्मक तस्बिर

संखुवासभा - संखुवासभाको सभापोखरी गाउँपालिका–१, लुङगेली भन्ने ठाउँमा एक घर जलेर नष्ट भएको छ । 

स्थानीय दिलबहादुर लुङगेलीको घरमा बुधबार आगलागी हुँदा अन्दाजी २ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

प्रहरीको अनुसार, विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घरभित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबाइल जलेर नष्ट भएको हो ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो भने मानवीय र पुशचौपायाको भने कुनै क्षति नभएको जल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया