अमेरिका र चीनको व्यापार युद्धको चर्चासँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा कीर्तिमान

 चैत २९, २०८१ शुक्रबार १२:३३:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । अमेरिका र चीनको व्यापार युद्धको चर्चा र चिन्ता बढ्दै गएका बेला लगानीकर्ताहरू सुरक्षित हुने भन्दै सुनमा आकर्षित भएसँगै मूल्य आकाशिएको बीबीसीले उल्लेख गरेको छ ।

एशियाली शेयर बजार आज चार प्रतिशतभन्दा धेरै घटेपछि सुनको मूल्यले कीर्तिमान बनाएको छ । अमेरिकी शेयर बजार पनि घटेको छ । पछिल्लो कर नीतिले अमेरिका–चीनको अहिलेको आर्थिक प्रतिस्पर्धा व्यापार युद्धतर्फ जानसक्ने खतराबारे धेरै चर्चा हुन थालेको छ ।

अमेरिकाले चीनलाई १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशतसम्म ‘ट्यारिफ’ लगाउने घोषणा गरिसकेको छ । यसको प्रतिक्रिया स्वरूप चीनले अमेरिकाबाट आयात हुने सामानमा ८४ प्रतिशत कर लगाइसकेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया