छिमेकीको हत्या गरी साधुको भेषमा लुकिछिपी बसेका व्यक्ति १७ वर्षपछि पक्राउ

 चैत २७, २०८१ बुधबार १५:१४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी साधुको भेषमा लुकिछिपी बसेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

लोकनाथले २०६४ साल वैशाख २५ गते छिमेकी ढोडा मुखिया विनलाई जग्गासम्बन्धी विवादको विषयमा छलफल गर्ने भनी बोलाएर गोली प्रहार गरी हत्या गरेका थिए । हत्यापछि फरार भएका उनी भारतको चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीका रूपमा १० वर्षदेखि साधुको भेषमा लुकिछिपी रहेका थिए ।

लोकनाथलाई सर्वाेच्च अदालतले ज्यानसम्बन्धी मुद्दामा २०६९ साल कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई सीआईबीको टोलीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया