'चारतारे' र 'लालतारे' बनेर आउनेले नेपाल टेलिभिजन बिगारे : सञ्चारमन्त्री बास्कोटा

 माघ १७, २०७५ बिहिबार १३:१०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनमा राजनीतिक कार्यकर्ता बनेर गडबडी गर्न नदिने बताउनुभएको छ । 

नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारण शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री गोकुल बास्कोटाले ‘चारतारे’ र ‘लालतारे’ बनेर आउनेले नेपाल टेलिभिजनलाई गडबडी गर्ने गरेको उल्लेख गर्दै अब त्यस्ता गतिविधि हुन नदिने चेतावनी पनि दिनुभयो । 

नेपाल टेलिभिजनमा एचडी प्रशारण गर्न आफूले ठूलै मेहनत गर्नु परेको बताउनु भयो । उहाँले नेपाल टेलिभिजनलाई छिट्टै सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्ने घोषणा पनि गर्नुभयो ।

मन्त्री बास्कोटाले उहाँले अन्य संचार माध्यमसँग प्रतिस्पर्धा गरेर नेपाल टेलिभिजनलाई अघि बढाउन पनि त्यहाँका कर्मचारीलाई सचेत गराउनु भयो । कार्यक्रममा मन्त्री बास्कोटाले नेपाल टेलिभिजनमाथि सरकारले हस्तक्षेप नगर्ने पनि बताउनु भयो ।


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया