इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
डोटी – पूर्वीचौकी गाउँपालिका काडामाण्डौ की २१ वर्षीया पार्वती वोगटीको ज्यान गएको एक दिन बित्यो । सुतिरहेकै ठाउँमा मृत फेला परेकी बोगटीको शव बिहीबार नै पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । तर उनको पोस्टमार्टम भएको छैन । जिल्ला अस्पतालमा पोस्टमार्टम गर्ने डाक्टर नै नहुँदा उनको पोस्टमार्टम हुन नसकेको हो ।
‘शव अस्पतालमा लगेको पनि एक दिन बितिसक्यो, अस्पतालमा पोस्टमार्टम गर्ने डाक्टर नै छैनन् जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक मदन जोशीले भन्नुभयो ‘अब कहाँ लगेर पोस्टमार्टम गराउने भन्ने बारेमा छलफल भैरहेको छ ।’
बोगटी सुतेको कोठामा आगो बालिएको र झ्यालढोका थुनिएकाले निसास्सिएर उनको निधन भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । तर पनि शवको पोस्टमार्टम नहुँदा घटनाबारे अनुसन्धान पनि हुन सकेको छैन ।
जिल्ला अस्पतालमा डाक्टर नहुँदा पोस्टमार्टम मात्र होइन अन्य बिरामीलेसमेत सेवा पाउन सकेका छैनन् । जिल्ला अस्पताल डोटीमा ३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर अहिले एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । जिल्लामा भएका डाक्टरहरु सबै काठमाण्डौ तालिममा गएपछि जिल्ला अस्पताल डाक्टरविहीन भएको हो ।
जिल्लामा डाक्टर नभएपछि जोरायल प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर सुशील शर्मालाई जिल्ला अस्पतालमा बोलाइएको छ । उनी पनि आफूलाई पोस्टमार्टम गर्नका लागि अनुमति नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘शव पोस्मार्टमका लागि कहाँ पठाउने भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ ।’
चिसोका कारण बिरामीको संख्या बढेका कारण जिल्ला अस्पताल डोटीमा बिरामीको चाप बढेको छ । उहाँलाई पनि उपचार गर्न भ्याइनभ्याई भएको छ । शव पोस्टमार्टमका लागि ल्याइएको एक दिन बितिसक्दा पनि पोस्टमार्टम नगरिदिएको भन्दै मृतकका आफन्त आक्राशित हुन थालेका छन् ।
जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर भूषण मिश्रले आफूहरु तालिमका लागि काठमाण्डौ गएको र केही दिनपछि मात्रै जिल्ला फर्किने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कार्यरत हामी कुनै पनि डाक्टरले पोष्टमार्टम तालिम लिएका छैनौँ तालिमका लागि हामी काठमाण्डौमा छौँ, तालिम केही दिनमै सकिन्छ र फर्किन्छौँ ।”