शेयर बजार आज पनि घट्याे, १० अर्ब १० कराेड रुपैयाँकाे काराेबार
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ –चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै १६ औँ अनसनमा बस्नु भएका डाक्टर गोविन्द केसीले आज अनसन तोड्दै हुनुहुन्छ । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर उहाँले अनसन तोड्दै हुनुहुन्छ ।
नागरिक समाजका अगुवाहरुको आग्रहलाइ स्वीकार गर्दै डाक्टर गोविन्द केसीले २४ दिन लामो सत्याग्रह हाललाई स्थगन गर्ने निर्णय लिएको उहाँको अभियानका अभियन्ता डाक्टर अभिषेकराज सिंहले जानकारी दिनुभएको छ ।
नागरिक समाजका अगुवाहरुको आग्रहलाइ स्वीकार गर्दै डा गोबिन्द केसीले २४ दिन लामो सत्याग्रह हाललाइ स्थगन गर्ने निर्णय लिनुभयको छ।
— Abhishek Raj Singh (@seeuabhishek) 1 February 2019
यस अभियानमा सघाउने सम्पुर्णलाई हृदयदेखि नै धन्यबाद!!!#IamwithDrKc pic.twitter.com/7GcukoRPBx
शुक्रबार नै पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले डाक्टर केसीलाई भेटेर अनसन तोड्न आग्रह गर्नुभएको थियो । त्यस्तै बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि डाक्टर केसीलाई अनसन तोड्न आग्रह गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।