दुई व्यक्ति र एक संस्थालाई प्रकृति संरक्षण पुरस्कार

 माघ १८, २०७५ शुक्रबार २०:१६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको जालपामा आयोजित लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा दुई व्यक्ति तथा एक संस्थालाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको छ ।

शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपामा सुरु आठौँ लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा विगत दुई दशकदेखि पंक्षी अनुसन्धान र संरक्षणमा योगदान पुर्‍याएकोमा कास्की माछापुछ्रे गाउँपालिका धितालका रामजी गौतम, एक दशकदेखि सञ्चार माध्यमबाट वन्यजन्तु तथा प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान गरेकामा बर्दिया गुलरिया नगरपालिका बंगलामुखी मन्दिर टोलका यादव आचार्यलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको हो । 

यस्तै, चरा संरक्षणका लागि विगत चार दशकदेखि वैज्ञानिक अनुसधान र सहभागितामूलक संरक्षणका माध्यमबाट योगदान पुर्‍याएकामा नेपाल पंछी संरक्षण संघ लाजिम्पाट काठ्माण्डौंलाई पुरस्कृत गरिएको छ । दुई संरक्षणकर्मी र एक संस्थालाई जनही २५ हजार राशीको प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको हो । वडा कार्यालय जालपा र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा उत्सव सुरु भएको हो । 

यसैबीच, वडा कार्यालय जालपाले हुचिललाई वडा पंक्षी घोषणा गरेको छ । जालपामा शुक्रबारदेखि सुरु दुई दिने लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा वडा कार्यालय जालपाले हुचिल (हाप्सिलो)लाई वडा पंक्षी घोषणा गरेको हो ।

वडामा रहेका लाटोकोसेरो अनुसन्धान र संरक्षणका लागि विशेष पहल गर्दै नेपाल सरकारमार्फत अनुमोदन गराउनेगरी हुचिललाई वडा पंक्षी घोषणा गरिएको वडाध्यक्ष विकास राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया