‘PUBG’ माथि प्रतिबन्ध लगाउन माग गर्दै ११ वर्षीय बालकले गरे अदालतमा मुद्दा दर्ता

 माघ १९, २०७५ शनिबार ६:४३:५ | एजेन्सी
unn.prixa.net

लोकप्रिय अनलाइन गेम ‘पबजी’माथि प्रतिबन्ध लगाउन माग गर्दै मुम्बईका एक ११ वर्षीय बालकले मुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।

आफ्नी आमामार्फत रिट दायर गर्दै ११ वर्षीय अहद निजामले पबजी गेमले हिंसा, आक्रोश तथा साइबर बुलिङलाई बढावा दिएको बताएका छन् ।

रिट दायरकर्ताका वकिल तनवीर निजाम भन्छन्, ‘रिटमा हिंसामुखी अनलाइन सामग्री समयसमयमा अनुसन्धान गरिनुपर्ने र अनलाइन आचारसंहिता समीक्षा समिति गठन गर्नका लागि केन्द्रलाई निर्देशन दिइनुपर्ने माग गरिएको छ ।’

अहदले उच्च अदालतले महाराष्ट्र सरकारलाई पबजीमाथि प्रतिबन्ध लगाउन निर्देशन दिनुपर्ने पनि बताए । उनले केन्द्रीय सूचना मन्त्री रविशंकर प्रसाद, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस तथा महाराष्ट्र सरकारका शिक्षा मन्त्री विनोद तावडेलाई पत्र लेख्दै यो खेलमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका छन् । 

योे मुद्दा मुख्य न्यायाधीश एनएच पाटिलको अध्यक्षताको एउटा बेञ्चले हेर्ने सम्भावना रहेको बताइएको छ । पबजी अर्थात प्लेयर अननोन्स ब्याटलग्राउण्ड एक अनलाइन खेल हो । 

केही समय पहिले गुजरात सरकारले यो खेलमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय यस खेलको लतले युवाहरुमा मानसिक समस्या बढ्दै गएको अनुसन्धानहरुले जनाएको छ ।

मानसिक स्वास्थ्यका लागि घातक बन्दै PUBG

PUBG खेलकाे लत : मानसिक समस्याको खतरा !

 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया