उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – यूएईसँगको एकदिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खला जितेको नेपाली क्रिकेट टोली सोमबार नेपाल आइपुग्यो । टोलीलाई स्वागत गर्न पुगेका थिए, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र खेलकुदमन्त्री जगत विश्वकर्मा ।
अध्यक्ष तिमल्सिना र जगत विश्वकर्माले सोचेका थिए होलान्, क्रिकेट सिरिज जितेर आएको नेपाली टोलीलाई स्वागत गर्न जाँदा विमानस्थलबाहिर बसेका समर्थकको पनि हाइहाई पाइएला ।
तर भैदियो उल्टो । राष्ट्रिय झण्डा फर्फराउँदै मन्त्री विमानस्थल पुग्नेबित्तिकै चर्को नारा लाग्यो, ‘टुँडिखेलमा खेलेर क्रिकेट सिरिज जितियो, धुर्मुस सुन्तली हाईहाई, खेलकुदमन्त्री बाइबाई’
यो नारा सुनेर मन्त्री विश्वकर्माको अनुहार मलिन भयो । सायद सोचे होलान्, देशमा एउटा राम्रो रंगशाला बनाउन नबनाएकोले होला कलाकारको हाइहाई हुँदा मेरो बाइबाई भयो ।
खेलाडीले खुशी दिइरहने, तर राज्यले एउटा पनि रंगशाला नबनाउने ?
नेपाली टोलीको स्वागतको लागि सयौं क्रिकेट समर्थक विमानस्थल पुगेका थिए । घाँटी सुकुञ्जेल नारा लगाउँदै गरेको उनहीरुको अनुहारमा खुशी र निराशा दुवै देखिन्थ्यो । नेपाली खेलाडीले पटक–पटक जित हात पारेर सारा नेपालीलाई खुशी दिइरहँदा सरकारले एउटा पनि रंगशाला दिन नसकेको भन्दै उनीहरु निकै निराश थिए ।
विमानस्थल पुगेका खेलप्रेमी आदेश ठकुरीले भन्नुभयो, ‘एउटा कलाकारको जोडीले अन्तर्राष्ट्रिय रंगशाला बनाउन आँट गर्ने तर सरकारले टुलुटुुलु हेरेर बस्ने, योभन्दा लाजमर्दो अरु के हुन सक्छ र ?’
उहाँले अब सरकारले केही गर्दैन भन्ने पुष्टि भएकोले अब नेपाली नागरिक आफै जुटेर भए पनि नेपाली क्रिकेटको जितको यो लयलाई कायमै राख्नुपर्ने पनि बताउनुभयो ।
आदेशको जस्तै भनाई थियो कैलालीका गणेश भुलको पनि । ‘यो सफलता हाम्रा खेलाडीको व्यक्तिगत मेहनत र परिश्रमले गर्दा मात्रै हात लागेको हो, सरकारले यसमा जस लिन नैतिकताले नै दिँदैन, यदि नेपालका जितमा सरकारले जस लिने हो र विमानस्थलमा स्वागत गर्न आउँदा गाली खाने होइन भने एउटा रंगशाला त चाहियो नै’, गणेशले भन्नुभयो ।
जितमा खुशी हुने मात्र, होइन राज्यले पनि केही गर्नुपर्यो : प्रशिक्षक टमाटा
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली खेलाडीले विश्वस्तरीय प्रदर्शन गरेको बताउनुभएको छ ।
उहाँले आफूले २००८ मा मलेसियामा भएको १९ बर्षमुनिको टोलीले छनौट भएर विश्वकप खेलेको झल्को यो सिरिजमा पाएको बताउनुभयो । यो सिरिजमा ब्याटिङ, बलिङ र फिल्डिङ विश्वस्तरीय भएको उहाँको भनाई छ । तर सरकारले भने खेलाडीको बारेमा नसोचेको भन्दै प्रशिक्षक टमाटाले दुखेको पनि पोख्नुभयो ।
‘घाइते हुँदा पनि खेलाडी आँसु लुकाएर खेलेका छन्, घरको अवस्था खत्तम हुँदा पनि खेलेका छन् यो कुरा खै कस्ले ख्याल गरेको छ र ?’ टमाटाले भावुक हुँदै भन्नुभयो, ‘हाम्रा खेलाडीले २-३ वर्षदेखि तलव पाएका छैनन्, उनीहरुले कसरी परिवार पालेका छन् भनेर राज्यले कहिले सोच्ने ?’
आईसीसीसँग सहकार्य गरेर क्यानमाथिको निलम्बन फुकुवा गर्ने र खेलाडीको हकहितको लागि पनि सरकारले काम गरेमा यस्ता जितमा अझै धेरै खुशी हुने ठाउँ रहने पनि टमाटाले बताउनुभयो ।
धुर्मुस सुन्तली फाउन्डेसनले गर्याे क्रिकेट रंगशालाकाे सम्झौता
यस्ताे देखिनेछ धुर्मुस-सुन्तलीले बनाउने क्रिकेट रंगशाला (थ्रीडी तस्बिरसहित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।