अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा अनुसार सम्झौता गरेको छ ।
२ वर्षमा बनाइसक्ने लक्ष्य राखेको फाउन्डेसनले रंगशाला चितवनको भरतपुरमा निर्माण गर्ने जनाएको छ ।
हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको फाउन्डेसनले रंगशाला भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ । डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । रंगशालाको डीपीआर ६ महिनाभित्र तयार हुने बताइएको छ ।
२० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला २५ हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुप रहनेछ ।
रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ । यस्तै क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्वीमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।
रंगशाला जनताको सहयोग चन्दा संकलन गरेर निर्माण गरिने फाउन्डेसनले जनाएको छ । यस रंगशाला बनाउन एस ट्राभल्सले सर्वाधिक ३ करोड, अल्का हस्पिटलले २५ लाख, रविराज सिंहले ११ लाख र मुक्तिनाथ विकास बैकले ५ लाख दिने घोषणा गरेको समेत छ ।