क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित १५ औँ वार्षिक उत्सव कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले माघ २२ गतेदेखि एक महिनासम्मका लागि लागू हुने गरी एनटी मोबाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निःशुल्क एक सय एमबी डाटा उपलब्ध गराउनेलगायतका प्याकेज तथा छुटको व्यवस्था गरिएको जानकारी गराउनु भएको हो ।
योजनाअनुसार कम्पनीले माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र सय मिनेटसम्म भ्वाइस बोनस दिने घोषणा पनि गरेको छ ।
प्रबन्ध निर्देशक अधिकारीले पोष्टपेडका ग्राहकलाई नौ सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलब ३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने पनि जानकारी दिनुभयो । त्यसै गरी टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल र सय रुपैयाँको अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने छुटको पनि व्यवस्था गरेको छ ।
प्रबन्ध निर्देशक अधिकारीले २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था पनि वार्षिक कार्यक्रमको अवसरमा गरिएको बताउनुभयो ।
नेपाल टेलिकमले नेत्रहीन नागरिकहरुलाई पनि सीडीएमए र जिएमएस सेवामा पनि भारी छुटको व्यवस्था गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।